...

5 January 2026

जलवायु लाई सुनौ: भारतीय हिमालयमा वातावरणीय कार्यको उत्प्रेरकको रूपमा सामुदायिक रेडियो



उत्तराखण्डका पहाड र उपत्यकाहरूमा फैलिएको, स्थानीय समुदायहरूद्वारा सञ्चालित कम लागत, गैर-नाफामुखी प्रसारण प्लेटफर्मको रूपमा परिभाषित सामुदायिक रेडियो, नाजुक हिमाली क्षेत्रमा जलवायु परिवर्तनको सञ्चार र वातावरणीय जागरूकता बढाउने महत्त्वपूर्ण उपकरणको रूपमा उदाइरहेको छ। यी रेडियो स्टेशनहरू, जसमा टिहरी गढवालमा हेन्वलवाणी सामुदायिक रेडियो (९०.४ एफएम), रुद्रप्रयागमा मंदाकिनी की आवाज (९०.८ एफएम), र नैनीतालमा कुमाउँ वाणी सामुदायिक रेडियो स्टेशन (९०.४ एफएम) समावेश छन्, सामुदायिक मुद्दाहरूको लागि प्रतिध्वनि कक्षहरू मात्र होइनन्। तिनीहरू आफ्नै अधिकारमा ज्ञान प्रणाली हुन्, जसले हिमनदीको पलायन, वन क्षय, पानीको अभाव र अनियमित मौसममा स्थानीय अन्तर्दृष्टि प्रदान गर्दछ। सञ्चारको यो ग्रासरुट मोडेल केवल प्रविधिको बारेमा होइन, तर विश्वास, प्रासंगिकता र गहिरो जरा गाडेको सामुदायिक संलग्नताको बारेमा हो।

जलवायु विज्ञानको स्थानीयकरण

जलवायु विज्ञानसँग सम्बन्धित ज्ञानलाई दैनिक सरल भाषामा अनुवाद गर्न सामुदायिक रेडियो धेरै राम्रो उपकरण हो। जब वैज्ञानिक रिपोर्टहरूले तापक्रम विसंगतिहरू वा परिवर्तन गरिएको वर्षा चक्र जस्ता कुराहरूको बारेमा कुरा गर्छन्, यी स्टेशनहरूले यसलाई सम्बन्धित अवलोकनहरूमा विभाजन गर्छन्: यी स्याउ ऋतुहरूको छोटोपन, ढिलो मनसुन वा सुकेको पानी स्रोतहरू हुन सक्छन्।

“मन्दाकिनी की आवाज” का मानवेन्द्रले साझा गर्छन्, "वन क्षति र हिमनदी पग्लने सम्बन्धी हाम्रा कार्यक्रमहरू गाउँलेहरूले देखेको र महसुस गरेको कुरामा आधारित छन्। यी कम हिमपात, मरिरहेका मुहानहरू र बढी पहिरो हुन सक्छन्।"

यी अमूर्त छलफलहरू होइनन्। तिनीहरूले वातावरणीय परिवर्तनको जीवन्त अभिलेखलाई प्रतिबिम्बित गर्छन् जुन स्थानीय बोलीहरूमा प्रसारित हुन्छन्, र तिनीहरू लोक ज्ञानसँग गाँसिएका हुन्छन्, र प्रायः श्रोताहरूको चिन्ताद्वारा निर्देशित हुन्छन्। त्यसकारण, सामुदायिक रेडियो साक्षी र चेतावनी प्रणाली दुवै बन्छ, समुदायहरूलाई अनुकूलन गर्न सक्षम पार्दै जागरूकता बढाउँछ।

यसबाहेक, यी प्रसारणहरूले समयसँगै जलवायु साक्षरता निर्माण गर्ने सामूहिक वातावरणीय शब्दावली सिर्जना गर्छन्। छलफलहरू ऋतुहरूमा दोहोरिन्छन् र स्थानीय वृद्धवृद्धा, स्कूलका बालबालिका र अग्रपंक्तिका कामदारहरूको आवाजसँग मिल्छन्, जसले वातावरणीय जोखिमहरूसँग परिचिततालाई गहिरो बनाउँछ। जब जलवायु विज्ञानमा बहसहरू विकसित हुन्छन्, तब ढाँचाहरू पनि हुन्छन्, एकल संवाददेखि फोन-इन कार्यक्रमहरू, क्षेत्र रेकर्डिङदेखि कथा-आधारित परियोजनाहरू जसले मौसम परिवर्तनलाई परिवर्तनशील कृषि अभ्यासहरूसँग जोड्दछ।

त्यसो गर्दा, सामुदायिक रेडियोले मानिसहरूलाई जलवायुको बारेमा के थाहा छ भनेर मात्र होइन, तर तिनीहरूले यसको बारेमा कसरी थाहा पाउँछन् भनेर पनि आकार दिन्छ। अन्तमा, सामुदायिक रेडियोले अरूसँग त्यो बुझाइ साझा गर्दछ।

प्रारम्भिक चेतावनी र वास्तविक-समय राहत

जब अचानक बाढी वा बादल विस्फोट गढवाल हिमालयमा आउँछ, औपचारिक अलर्टहरू प्रायः धेरै ढिलो आउँछन् वा पृथक बस्तीहरूमा पुग्न असफल हुन्छन्। सामुदायिक रेडियोले त्यो जानकारीको खाडललाई महत्त्वपूर्ण तरिकाले भर्छ।

रुद्रप्रयाग बाढीको समयमा, मंदाकिनी की आवाजले सार्वजनिक सेवा बुलेटिनहरू द्रुत रूपमा सक्रिय पार्छ, यसले निकासी मार्गहरू पनि साझा गर्छ, प्रभावित परिवारहरूसँग गैरसरकारी संस्थाहरूलाई जोड्छ, र सामाजिक सञ्जाल मार्फत फैलिएको गलत जानकारीलाई सच्याउछ।

यी स्टेशनहरूले स्थानीय स्वयंसेवकहरूसँग काम गर्ने र गहिरो समुदायको विश्वास कायम राख्ने भएकाले, संकट सञ्चारमा तिनीहरूको भूमिका तत्काल र प्रभावकारी हुन्छ। मानवेन्द्र सम्झन्छन् र भन्छन्, "हामीले माथिबाट तल निर्देशनहरू पर्खेनौं। हामीले हाम्रा लाइनहरू खोल्यौं र मानिसहरूलाई उनीहरूलाई आवश्यक पर्ने कुरा रिपोर्ट गर्न दियौं।"

वन डढेलो र स्थानीय तयारी

उत्तराखंडमा बढ्दो तापक्रम, सुख्खा मौसम र पाइन मोनोकल्चरको फैलावटसँग जोडिएको वन डढेलोमा चिन्ताजनक वृद्धि भएको देखिएको छ। समाचारको मुख्यधारा कभरेज ठूला प्रकोपहरूको समयमा मात्र हुने भए तापनि, सामुदायिक रेडियो स्टेशनहरूले वर्षभरि वन डढेलो तयारीमा कार्यक्रमहरू जारी राख्छन्। हेनवलवाणीमा, स्वयंसेवकहरूले आगोको रेखा, पानी व्यवस्थापन र सामुदायिक गस्तीमा अडियो टूलकिटहरू उत्पादन गरेका छन्।

राजेन्द्र डिग्गलले टिप्पणी गर्छन्, "हामी वन रक्षकहरू, पञ्चायत नेताहरू र महिला समूहहरूलाई के गर्न सकिन्छ भनेर छलफल गर्न आमन्त्रित गर्छौं। विचार केवल जानकारी गराउनु मात्र होइन, तर संलग्न गराउनु हो।"

पूर्वानुमानात्मक सञ्चारको यो मोडेल, जहाँ जलवायु खतराहरूलाई निरन्तर रूपमा व्यवहार गरिन्छ, केवल एपिसोडिक मात्र होइन, यी रेडियो स्टेशनहरूलाई वातावरणीय शासनको विचारको लागि अपरिहार्य बनाउँछ।

पारिस्थितिक कथालाई पुन: प्रस्तुत गर्दै

मुख्यधाराको वातावरणीय बहस प्रायः हिमालयन दृष्टिकोणलाई बेवास्ता गर्दछ वा 'नाजुक पारिस्थितिक प्रणाली' को लेबल अन्तर्गत तिनीहरूलाई एकरूप बनाउँछ। सामुदायिक रेडियोले त्यो कथालाई पुन: फ्रेम गर्ने प्रयास गर्दछ। सामुदायिक रेडियोले पारिस्थितिक विघटनको प्रत्यक्ष अनुभवलाई बढावा दिन्छ: यसले हिमनदीहरू पग्लने मात्र होइन, रोप्ने समयको भविष्यवाणी गर्न नसक्ने किसानहरूको चिन्ताको बारेमा पनि कुरा गर्छ; पानीको अभाव मात्र होइन, सामुदायिक प्रयास मार्फत परम्परागत मुहानहरूको पुनरुत्थानको बारेमा पनि।

कुमाउँ वाणीमा प्रकाशित एउटा श्रृंखलामा, श्रोताहरूले हावाको ढाँचामा परिवर्तन, चराका प्रजातिहरू हराउने र कृषि चक्रमा बाधा पुर्‍याउने आक्रामक झारपातको प्रत्यक्ष विवरणहरू साझा गर्छन्। यी कथाहरू, अभिलेख र क्रमबद्ध गर्दा, "स्थानीय वातावरणीय स्मृति" (“vernacular environmental memory") भनेर चिनिने कुरा सिर्जना गर्छन् - यो नीति, अनुसन्धान र तल्लो तहको योजनाको लागि धेरै आवश्यक छ।

वातावरणीय नागरिकता तर्फ

साधारण जागरूकताभन्दा बाहिर, यी रेडियो स्टेशनहरूले वातावरणीय नागरिकता (environmental citizenship) भन्न सकिने कुराको खेती गरिरहेका छन्। अर्थात्, जिम्मेवारी, आवाज र जलवायु शासनमा सहभागिताको भावना। जब युवा प्रस्तोताहरूले हिमनदी तालहरूमा कार्यक्रम प्रस्तुत गर्छन्, जब महिलाहरूले पानी संरक्षणमा छलफललाई मध्यस्थता गर्छन्, जब किसानहरूले असामान्य कीरा प्रकोपको रिपोर्ट गर्न आह्वान गर्छन्, तिनीहरू केवल मिडियाका उपभोक्ता मात्र होइनन्। यी हस्तक्षेपहरूले वातावरणीय बहसको रूपरेखालाई आकार दिइरहेका छन्। यस प्रक्रियामा, सामुदायिक रेडियो सञ्चारको माध्यमबाट भूमि, जलवायु र एकअर्कासँग सह-अस्तित्वको माध्यममा सर्छन्।

निष्कर्ष

तिनीहरूको प्रमाणित मूल्यको बावजुद, यी रेडियो स्टेशनहरू आर्थिक रूपमा कम स्रोतसाधनमा रहेका छन् र राज्य जलवायु योजनाको हिस्सा होइनन्। जिल्ला-स्तरीय विपद् व्यवस्थापन प्रोटोकल, जलवायु शिक्षा पाठ्यक्रम, र वातावरणीय डेटा सङ्कलनमा तिनीहरूलाई एकीकृत गर्नाले लचिलोपन प्रयासहरूमा सुधार हुन सक्छ। जलवायु परिवर्तन तीव्र हुँदै जाँदा, विशेष गरी भारतीय हिमालय जस्ता पारिस्थितिक रूपमा संवेदनशील क्षेत्रहरूमा, वातावरणीय सञ्चारमा सामुदायिक रेडियोको भूमिकालाई अझ बढी संस्थागत समर्थनको योग्य छ। यी रेडियो स्टेशनहरू केवल सूचना माध्यम मात्र होइनन्; तिनीहरू बाँच्नको लागि "ध्वनि बोर्डहरू" (sounding board) जस्तै हुन्।

लेखकको बारेमा: डा. अनिरुद्ध जेना IUCN India द्वारा हिमालय फर फ्युचर अन्तर्गत "स्टोरीज अफ होप" फेलो र भारतीय व्यवस्थापन संस्थान काशीपुरमा सञ्चारका सहायक प्राध्यापक हुन्। उहाँलाई [email protected] मा सम्पर्क गर्न सकिन्छ र उहाँ X @AniruddhaJena मा हुनुहुन्छ।

स्वीकृति: लेखक IUCN India को समर्थनलाई स्वीकार गर्छन् र यो टिप्पणी IUCN India द्वारा हिमालय फर फ्युचर अन्तर्गत "स्टोरीज अफ होप" फेलोशिपको परिणाम हो।


Original: Anirudhh Jena. 2025. ‘Listening to the Climate: Community Radio as a Catalyst for Environmental Action in the Indian Himalayas’. Commentary. Centre of Excellence for Himalayan Studies. 15 October.

Translated by Samir Sharma